Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दलको नेतामा निर्वाचन लड्दिन : अर्जुननरसिंह केसी

दलको नेतामा निर्वाचन लड्दिन : अर्जुननरसिंह केसी

काठमाडौँ : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफू निर्वाचन नलड्ने बताएका छन् । उनले सहमतिमा नेता बनाउने भए वरिष्ठ र अनुभवका आधारमा दाबी राखेको तर, निर्वाचन भने नलड्ने बताए 

‘म संसदीय दलको नेतामा निर्वाचन लड्दिन । म सांसद भएर आएपछि नै भन्दै आएको छु,’ केसीले रातोपाटीसँग भने, ‘मेरा कारणले दलको नेता चयन गर्न ढिलाइ भएको भनेर बाहिर ल्याउने काम भइरहेको छ । त्यो होइन । यस विषयमा मैले नेतृत्वलाई पहिला देखिनै भन्दै आएको छु ।’

उनले दलको नेतामा सहमति गर्दा निश्चित मापदण्ड बनाएर गर्न पनि नेतृत्वलाई आग्रह गरे । आफूले कर्णालीको महिला, युवा र प्रत्यक्ष निर्वाचित महिला वासना थापालाई दलको नेता बनाउने भए आफू प्रस्तावक बस्न तयार रहेको पनि केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट