Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको नवनिर्वाचित समितिलाई चितवन उद्योग संघद्वारा बधाई तथा शुभकामना

चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको नवनिर्वाचित समितिलाई चितवन उद्योग संघद्वारा बधाई तथा शुभकामना

भरतपुर : चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारी एवम् सदस्यलाई चितवन उद्योग संघद्वारा बधाई तथा शुभकामना व्यक्त गरिएको छ । 
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले मोहनलाल श्रेष्ठको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । 
समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, रुकेश सापकोटा, वीरेन्द्र बहादुर दवाडी, उद्वब न्यौपाने, क्रान्ति अधिकारी र बलराम पुरी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा लोकनाथ सुवेदी, शिव खनाल, राजन पौडेल, सूर्यराज गिरी, विष्णु प्रसाद पौडेल, हेमकुमार श्रेष्ठ, लीलामणि भण्डारी, युवराज गिरी, रामकिश्वर महतो, सुरेन्द्रराज पराजुली, दिनेश कुमार राना, हबिक रहेमान अन्सारी र गणेश रेग्मी रहेका छन् ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको बधाई कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष दिनुप कुमार बरालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो  ।

668714742_26320616074290339_8746935022356229168_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट