काठमाडौँ : सभामुख पदमा रास्वपाका उपसभापति डीपी अर्यालको एकल उम्मेदवारी परेको छ । शुक्रबार मनोनयन दर्ताका लागि तोकिएको समय दिउँसो २ बजेसम्म उनको मात्रै उम्मेदवारी परेको हो ।
यसअघि नेकपा एमालेले समेत मनोनयन दर्ता गराउने भनेपनि अन्तिम समयमा उक्त पार्टी समेत मनोनयन दर्ताका लागि गएन ।
संघीय संसद सचिवालयले उम्मेदवारी दर्ता गर्ने निर्धारित समयमा अर्यालको मात्रै मनोनयन दर्ता भएको जनाएको छ । अब अर्याल आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij