Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

‘१२ गाउँ २’ लाई जिम धाउँदै समीर, बैशाख पहिलो सातादेखि छायांकन

‘१२ गाउँ २’ लाई जिम धाउँदै समीर, बैशाख पहिलो सातादेखि छायांकन

काठमाडौँ : अभिनेता समीर भट्टले आफूले ‘१२ गाउँ’ को दोस्रो श्रृंखलाबाहेकका फिल्ममा काम गर्न लागेको भन्ने चर्चाको खण्डन गरेका छन् । सामाजिक सञ्जालबाट उनले आफूबारे चलेका हल्लाको खण्डन गरेका हुन् ।

आफू अहिले ‘१२ गाउँ २’ को तयारीमा ब्यस्त रहेको बताउँदै उनले चाँडै सुटिङमा जाने बताएका छन् । ‘यो सिनेमाबाहेक मैले अन्य फिल्म साइन गरेको छैन’ उनी लेख्छन्, ‘भ्रमित समाचारहरू सम्प्रेषण नगरिदिनुहुन अनुरोध गर्दछु ।’

यो फिल्मको छायांकनको लागि समीर अहिले जिममा ब्यस्त छन् । समीरले अहिले नृत्य र जिमको अभ्यास गरिरहेको वितरक गोविन्द शाहीले बताए । शाहीका अनुसार बैशाख पहिलो सातादेखि ‘१२ गाउँ २’ को छायांकन सुरु हुँदैछ । गीत छायांकनसँगै फिल्मको निर्माण कार्य अघि बढ्ने जानकारी उनले दिए । फिल्मलाई विराज भट्टले निर्देशन गर्नेछन् । बजेट ४ करोड रुपैयाँ बताइएको छ । यसअघि नै विराजले प्रदर्शन मिति दशैंको फूलपातिमा हुने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट