काठमाडौं : आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेको सचिवालय बैठक दोस्रोपटक बसेको छ ।
यसअघि गत शनिबार ओली पक्राउ परेकै दिन आकस्मिक बैठक बसेको थियो । सो बैठकले सडक आन्दोलन र कानुनी लडाइँ गर्ने निर्णय गरेको थियो । त्यसपछि देशभर एमालेले ओली पक्राउको विरोधमा प्रदर्शन गरेको थियो ।
त्यसपछि आज फेरि सचिवालय बैठक बसेको हो । अहिले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक जारी छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij