चितवन : रत्ननगर वडा नं ११ स्थित पञ्चकन्या सामुदायिक वनको अध्यक्षमा गोविन्द सिङ्तान चयन भएका छन् ।
संस्थाको २१ औं बार्षिक साधारण सभा तथा आठौं अधिबेशनले सिङ्तानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रोशन तामाङ, सचिवमा तीर्थकुमारी विक, सहसचिवमा भोजराज सापकोटा र कोषाध्यक्षमा पार्वती देवी मगर सर्वसम्मत चयन भएको निर्वाचन संयोजक रामचन्द्र बजगाईँले जानकारी दिए ।
समितिको सदस्यमा तारादेवी शर्मा, शिवप्रसाद अम्गाई, रोशन गुरुङ, कृष्णप्रसाद पौडेल, हठना महतो, सुर्जी दराई, बद्धिबहादुर रानामगर, लक्ष्मण पौडेल, निरा मर्दनीया र मिनीसरा थापामगर चयन भएका छन् । वनको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा बीच सार्वसम्मत निर्वाचित समितिलाई निर्वाचन संयोजक बजगाईले पद तथा गोपनीयताका सपथग्रहण गराएका छन् भने निर्वतमान अध्यक्ष कृष्णप्रसाद बगालले नवनिर्वाचित अध्यक्ष सिङ्तानलाई पद हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गरिएको छ । बजगाई संयोजक र जयप्रकास आचार्य, रामशरण कायस्थ र आनन्द तामाङ सदस्य रहेको निर्वाचत समितिले पाँच महिना लामो प्रयास गरेर सर्वसम्मत समिति चयन गर्न सफल भएको हो । सो वनको साधरण सभा तथा अधिवेशनको औपचारिक कार्यक्रम गत मंसिर १५ गते मनिखोला पार्कमा भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij