Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ :  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजे बैठक सुरु हुने केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए । 

गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

साथै पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । अधिकांश सदस्यले राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट