Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ

नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ

काठमाडौं : भक्तपुरकाे नगरकोटमा दुई जना भ्लगरमाथि कुटपिट गरेकाे अभियाेगमा एक जना पक्राउ परेका छन् । भ्लगरमाथि कुटपिट गर्ने चाँगुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 

केहीदिन अघि सडकमा दुईवटा मोटरसाइकल हिँडिरहेको अवस्थामा कारमा सवार तामाङले ओभरटेक गर्ने क्रममा उनीहरूबीच वादविवाद भएको थियो ।

वादविवादका क्रममा उनले मोटरसाइकल चालकहरूलाई अपशब्द प्रयाेग गरी कुटपिट गरेका थिए । मोटरसाइकल चालकलाई कुटपिट गरेकाे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तामाङकाे खाेजी गरेकाे थियाे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कुटपिटमा संलग्न तामाङलाई बिहीबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट