Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आजका दिनसम्म नयाँ बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन: रवि लामिछाने

आजका दिनसम्म नयाँ बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन: रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको स्पष्ट पारेका छन् ।

रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि हिजोदेखि ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा समापन मन्तव्य राख्दै उनले आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको जानकारी गराएका हुन् ।

उनले भने- 'अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन । हामीले तपाईंहरू सबैलाई चिनेका छौं । बलियो मन्त्रिपरिषद् बनाउँछौं ।' यद्यपि दुई तिहाइ नजिक बहुमत पाएको रास्वपाले यतिबेला मन्त्रालयगत रूपमा सम्बन्धित उम्मेदवारको रोस्टर बनाएर छलफल गरिरहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अहिले अर्थमन्त्रीमा पार्टीका उपसभापति स्वर्णिम वाग्ले, गृह मन्त्रालयमा पनि पार्टीका उपसभापति डीपी अर्याल, शिक्षामन्त्रीमा महावीर पुन, सस्मित पोखरेल, आनन्द चन्द र ऊर्जा जलस्रोत, सिँचाइ तथा खानेपानी मन्त्रीमा सागर ढकाल चर्चामा छन् । यसैगरी परराष्ट्र मन्त्री शिशिर खनाल, डा,तारा जोशी, कमलदेव सुवेदी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलसुनिल लम्साल, आशिष गजुरेल र सुदन गुरुङको नाम चर्चामा छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट