Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बालेन शाह रास्वपाको अभिमुखीकरणमा नजाने

बालेन शाह रास्वपाको अभिमुखीकरणमा नजाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र वर्तमान कानुनी अवस्थाबारे जानकारी दिन राखेको दुई दिने अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहभागी नहुने भएका छन् । 

काठमाडौँको एक होटलमा मंगलबारबाट सुरु भएको दुई दिने आवासीय अभिमुखीकरण आज बुधबार सकिँदैछ । अभिमुखीकरण कार्यक्रमको समापनमा पार्टी सभापति रवि लामिछाने एकै छिन सहभागी हुने भएपनि वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन शाह सहभागी नहुने भएका हुन् ।

रास्वपा प्रवक्ता मनिष झाले अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन सभापति लामिछाने सहभागी हुने भएपनि वरिष्ठ नेता शाह सहभागी नहुने जानकारी दिए । उनले वरिष्ठ नेता आगामी सरकारको गृहकार्यमा रहेको र केही दिनमा शारीरिक र मानसिक रूपमा खट्नुपर्ने भएकाले उनी सहभागी नभएकोमा कुनै अर्थ लगाउन जरुरी नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट