काठमाडौँ : नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय र चाँदी ७० रुपैयाँले महँगिएको हो। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार ३४५ रुपैयाँबाट बढेर २ लाख ६५ हजार ६९० रुपैयाँ पुगेको छ। सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ हजार ३३५ रुपैयाँ पुगेको छ। त्यसैगरी, १० ग्राम चाँदीको मूल्य बढेर ४ हजार ५७४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार १० ग्राम चाँदी ४ हजार ५१४ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij