Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मैले निर्देशन दिइसके, मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नुपर्दैन : आशिका तामाङ

मैले निर्देशन दिइसके, मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नुपर्दैन : आशिका तामाङ

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवनिर्वाचित सांसद आशिका तामाङले ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु न्यायोचित नहुने बताएकी छिन् । 

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्– ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँ सम्म न्यायोचित हो ? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु पर्ने छैन, मैले सम्बन्धित निकाय मा निर्देशन दिइसकेको जानकारी गराउँछु।

तामाङले कसैले शुल्क उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिएकी छिन् ।

उनले लेख्छिन् ।

 ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँ सम्म न्यायचित हो ?? आज बाट मलेखु बाट ताल्ती सम्म जाने कुनै पनि सवारी साधन ले शुल्क तिर्नु पर्ने छैन, मैले सम्बन्धित निकाय मा निर्देशन दिइसकेको जानकारी गराउँछु। र कसैले उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने जानकारी गराउँछु ! धन्यवाद 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट