Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

तेहरानमा खामेनीको अन्त्येष्टि समारोह सुरु गरिँदै, मोज्ताबा खामेनी नयाँ सुप्रीम लिडर बन्ने

तेहरानमा खामेनीको अन्त्येष्टि समारोह सुरु गरिँदै, मोज्ताबा खामेनी नयाँ सुप्रीम लिडर बन्ने

एजेन्सी : इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको आज रातिदेखि तेहरानको इमाम खोमेनी मोसल्ला प्रार्थना स्थलमा तीन दिने अन्त्येष्टि समारोह सुरु हुँदैछ।

गत शनिबार अमेरिका र इजरायलको हवाई आक्रमणमा मारिएका सर्वोच्च नेता खामेनीको उक्त बिदाइ समारोह नेपाली समय अनुसार राति करिब पौने १२ बजे (१८:३० जीएमटी) सुरु हुने र तीन दिनसम्म चल्ने बताइएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार ठूलो संख्यामा समर्थकहरू भेला हुने अपेक्षा गरिएको छ । सत्ता हस्तान्तरणको यो घडीमा इरानले बाह्य आक्रमण र आन्तरिक शोक दुवैको सामना गरिरहेको छ।

यसै शोकका बीच उनका छोरा मोज्तबा खामेनीलाई नयाँ ‘सुप्रीम लिडर’ घोषणा गर्ने तयारी भइरहेको छ। न्युयोर्क टाइम्स’ले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै खामेनीका छोरा, मोज्ताबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ। इजरायलले भने इरानको नयाँ नेतृत्वका सम्बन्धमा कडा चेतावनी दिएको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानको जोसुकै नयाँ उत्तराधिकारी भए पनि यदि उसले ‘इजरायल विनाशको योजना’ र ‘अमेरिकाविरुद्धको धम्की’ लाई निरन्तरता दिएमा उसलाई विनाशको मुख्य लक्ष्य बनाइने चेतावनी दिएका छन् ।

शनिबारको हवाई आक्रमणबाट दक्षिण इरानको एउटा छात्रा विद्यालयमा भएको भीषण आक्रमण मा १५० जना निर्दोष छात्राहरूको मृत्यु भएसँगै विश्वको ध्यान खिचेको छ। संयुक्त राष्ट्रसंघको मानवाधिकार कार्यालयले यस घटनालाई ‘अत्यन्तै डरलाग्दो’ भन्दै निष्पक्ष र पूर्ण छानबिनको माग गरेको छ। यस आक्रमणको जिम्मेवारीबारे अन्योल कायमै छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी सेनाले जानाजानी विद्यालयलाई कहिल्यै निशाना नबनाउने स्पष्ट पारेका छन् भने इजरायलले यस घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट