Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

हतियारसहित भक्तपुरमा एक जना पक्राउ

हतियारसहित भक्तपुरमा एक जना पक्राउ

भक्तपुर : सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ परेका छन् ।

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखा पालुङटार नगरपालिका–९ का स्थायी बासिन्दा हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बसोबास गर्र्दै आएका ३१ वर्षीय  आयन सेढाईलाई पक्राउ गरिएको हो।

निजबाट सेल्फ लोडेड राइफल, इन्सास एक थान, त्यसमा प्रयोग हुने चार राउन्ड गोली पनि बरामद गरिएको छ। सादा पोसाकमा खटिएको प्रहरीले छापा मारेर रबरको गोली एक राउन्ड, सटगनमा प्रयोग हुने गोली एक राउन्ड, एउटा खुकुरी र बञ्चरो पनि बरामद गरेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट