काठमाडौँ : फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाता नामावली भएको निर्वाचन क्षेत्र छाडेर अन्यत्र चुनाव लड्न गएपछि प्रमुख दलका शीर्ष नेतासहित दुई दर्जन उम्मेदवारले आफैलाई भोट हाल्न नपाउने भएका छन् । यो निर्वाचनमा भावी प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्ट’ गरिएका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन थापादेखि रास्वपाका वरिष्ठ नेता बालेन शाह र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैँलाई भोट हाल्न नपाउने भएका हुन् ।
िमतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएकाले शीर्ष नेताहरू आफैलाई मतदानको अवसरबाट वञ्चित हुनुपर्ने अवस्थामा पुगेका हुन् । भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका ओली, थापा, शाह र प्रचण्ड बाहेकरास्वपा सभापति रवि लामिछानेले पनि आफ्नो निर्वाचन क्षेत्रबाट मत दिन पाउने छैनन् । त्यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेताहरू प्रदीप पौडेल, नारायणकाजी श्रेष्ठ, राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, एमाले सचिव भानुभक्त ढकाल, कांग्रेसका नेता डा। शेखर कोइरालाले पनि आफैलाई भोट हाल्न पाउने छैनन् ।
एमाले अध्यक्ष ओली र बालेन झापा(५ बाट उम्मेदवार छन् । कांग्रेस सभापति थापा सर्लाही( ५ का उम्मेदवार हुन् । तीनै जना नेता भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका छन् । अवसर पाए आफू फेरि प्रधानमन्त्री बन्न सक्ने बताउँदै आएका पूर्व प्रधानमन्त्री प्रचण्ड समेत पटक रुकुम पूर्वबाट चुनाव लड्दैछन् । ओलीको मतदाता नामावली भक्तपुर( २ मा छ भने बालेनको मतदाता नामावली काठमाडौं( २ मा छ । त्यस्तै गगनको काठमाडौँ(४ र प्रचण्डको मतदाता नामावली चितवन ३ मा रहेको छ ।
रास्वपा सभापति रवि लामिछानेले पनि आफूलाई भोट हाल्न पाउनेछैनन् । चितवन(२ का उम्मेदवार लामिछानेको नामावली भने काठमाडौं(३ मा छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई मत दिन नपाउने अवस्थामा छन् । सप्तरी ३ मा उम्मेदवार रहेका यादवको मतदाता नामावली मोरङ ( मा छ । नेकपाका नेता नारायणकाजी श्रेष्ठ सर्लाही(३ बाट उम्मेदवार बन्दा उनको मतदाता नामावली गोरखा(२ मा छ । कांग्रेस महामन्त्री समेत रहेका नेता प्रदीप पौडेलको नामावली तनहुँ(२ मा छ । पौडेल काठमाडौं(५ बाट उम्मेदवार छन् । त्यसबाहेक रास्वपा उपसभापति स्वर्णिम वाग्ले तनहुँ(१ बाट उम्मेदवार छन् ।
उनको मतदाता नामावली गोरखा(१ मा छ । त्यस्तै, राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौँ(१ बाट उम्मेदवार बनेपनि उनको मतदाता नामावली ललितपुरमा रहेको छ । मोरङ(३ मा मतदाता नामावली रहेका एमाले सचिव भानुभक्त ढकालले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् । उनी तेह्रथुमबाट उम्मेदवार बनेका छन् ।
यस्तै, मोरङ(६ मा कांग्रेस उम्मेदवार रहेका नेता डा। शेखर कोइराला र मोरङ(२ मा उम्मेदवार रहेका मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय ९डिना०,धनुषा(३ मा एमालेबाट उम्मेदवार बनेकी जुली महतो,रुपन्देही(३ मा वासुदेव घिमिरे, रुपन्देही(४ मा उम्मेदवारी दिएका प्रमोद यादवले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । नवलपरासी( २ मा उम्मेदवार रहेका नेकपाका नेता देवेन्द्र पौडेल, नेकपाबाटै कैलाली(५ मा उम्मेदवार बनेका प्रेम आले र मनाङबाट उम्मेदवार बनेकी यशोदा सुवेदी पनि यो पटक आफूलाई भोट दिन पाउने छैनन् ।
नवलपरासी(१ मा उम्मेदवार बनेका कांग्रेसका विनोद चौधरी, तनहुँ(२ मा उम्मेदवारी दिएका शंकर भण्डारी,बाँके(३ बाट उम्मेदवार बनेका अम्मरसिंह पुनले पनि आफैलाई मत दिन नपाउने भएका छन् । यस्तै,पुकार बम, निशा डाँगी,सोम शर्मा, खगेन्द्र सुनार, भक्तिप्रसाद सिटौला, धनराम जैसी, महावीर पुन, लालबहादुर घर्तीलगायतले पनि यो पटक आफैलाई भोट दिन नपाउने भएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij