Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

अभिनेता विपिन कार्कीले रवि लामिछानेसँग चितवनमा मनाए होली

अभिनेता विपिन कार्कीले रवि लामिछानेसँग चितवनमा मनाए होली

काठमाडौँ : अभिनेता विपिन कार्कीले रास्वपाका सभापति रवि लामिछानेसँग चितवनमा होली मनाएका छन् । उनीहरूले एक अर्कालाई अबिर दलेर होली मनाएका हुन् । 

जसको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा आएका छन् । विपिन रविलाई चुनावमा सघाउन चितवन पुगेको बताइन्छ । विपिन पछिल्लो समय छरपस्ट कपाल, झुत्रा लुगा र सडकमा बस्ने व्यक्तिको जस्तो देखिने हुलियामा रहेको फोटो सेयर गर्दै चर्चामा छाएका थिए । 

कामको कुरा गर्दा विपिन अहिले फिल्म ‘काजी’ छायाङ्कन तयारीमा छन् । त्यसअघि उनी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न आफ्नो गृहथलो मोरङ जानेछन् । उनी मोरङ क्षेत्र नम्बर ३ का मतदाता हुन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट