Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आज झापामा बालेनको ‘रोड सो’

आज झापामा बालेनको ‘रोड सो’

झापा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार झापाकेन्द्रित चुनावी अभियान ‘रोड सो’ सञ्चालन गर्दै छ ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा झापाका ४ वटा निर्वाचन क्षेत्र १, २, ३ र ४ मा रोड सो गरिने भएको हो । बालेन बिहान ९ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरी काँकडभिट्टा जानेछन् ।

त्यहाँबाट बाहुनडाँगी, बुद्धशान्ति, जयपुर, शनिश्चरे बजार, बिर्तामोड, बिर्ताबजार, गोलधाप, बाह्रदशी, पृथ्वीनगर, शरणामती, झापा गाउँपालिका, सुरुंगा बजार हुँदै दमक पुग्ने तालिका रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट