सर्लाही : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाहीका उम्मेदवारहरू निर्वाचन खर्च व्यवस्थापनसम्बन्धी नियम पालना गर्न उदासीन देखिएका छन् । प्रचार प्रसारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था भए पनि अधिकांश उम्मेदवारले हालसम्म खाता खोलेको विवरण बुझाएका छैनन् ।
जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलका अनुसार सर्लाहीमा २६ राजनीतिक दल र स्वतन्त्र गरी कुल १३१ जनाको उम्मेदवारी दर्ता छ । तीमध्ये ७६ जनाले बैंक खाता खोल्न सिफारिस लिइसकेका भए पनि अधिकांशले खाता खोलेर विवरण बुझाउन ढिलाइ गरिरहेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख पौडेलका अनुसार उम्मेदवारहरूलाई बैंक खाता खोल्न बारम्बार फोनमार्फत स्मरण गराइँदै आएको छ । आयोगको निर्देशनअनुसार समयमै खाता नखोली निर्वाचन खर्च गरे नियम उल्लङ्घन हुने स्पष्ट व्यवस्था रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij