काठमाडौं : सामसङ नेपालले होलीको अवसर पारेर वाशिङ मेसिन र रेफ्रिजरेटरमा छुट तथा एक्सचेन्ज बोनससहितको अफर घोषणा गरेको छ। कम्पनीका अनुसार यो योजना मार्च १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ।
अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजरेटरका विभिन्न मोडेलमा आकर्षक छुट, क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध गराइएको छ। ग्राहकले ७ केजीदेखि १२ केजीसम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट-लोड र सेमी-अटोमेटिक टप-लोड वाशिङ मेसिनमा अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक पाउनेछन्। त्यसैगरी सिंगल डोर, डबल डोर र साइड-बाई-साइड रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ।
वाशिङ मेसिनमा डीआईटी मोटरमा २० वर्षको वारेन्टी तथा ४०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा सुविधा दिइएको छ भने रेफ्रिजरेटरमा ३०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा व्यवस्था गरिएको कम्पनीले जनाएको छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सेवा उपलब्ध रहनेछ।
सामसङ इन्स्टाफाइनान्स सेवा मार्फत ग्राहकले ० प्रतिशत ब्याजदरमा सहज ईएमआई विकल्पमा होम अप्लायन्स खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित उक्त सेवाका लागि नागरिकता मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ। यसैगरी नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकले आर्कोस्टोर वा देशभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत पुराना उपकरण एक्सचेन्ज गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij