Logo

Nov 28 2026 | २०८३, मंसिर १३गते

बागमती सफाइ अभियान ७०७ औँ हप्तामा

बागमती सफाइ अभियान ७०७ औँ हप्तामा

काठमाडौँ : ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियानअन्तर्गत गोकर्णेश्वर क्षेत्रमा सफाइ गरिएको छ । बागमती सफाइ महाअभियानको ७०७ औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तर वाहिनी क्षेत्रमा सफाइ गरिएको हो । बागमती नदीको मुहान क्षेत्र नै प्रदुषित बन्न थालेपछि गोकर्णेश्वर क्षेत्रमा सफाइ गरिएको सफाइ महाअभियानले जनाएको छ ।

यहाँको वाग्मती किनार एव गोकर्णेश्वर महादेव मन्दिर वरपर सफाइ गरिएको महाअभियानका अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइमा काठमाडौँ महानगरपालिका–११ का वडा अध्यक्ष हिरालाल तन्डुकार, स्थानीयवासी, वाग्मती माथिल्लो सरसफाइ अभियान, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीको सहभागिता थियो ।

बागमती सफाइ अभियानका क्रममा सफाइ अभियानकर्मी खगेन्द्र कार्कीको आज जन्मदिनको अवसरमा गोकर्ण ड्याम क्षेत्रस्थित वाग्मतीमा माछाका भुरा छोडियो भने गोकर्णेश्वर महादेव मन्दिर नजिक रुद्राक्षको बिरुवा रोपियो । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएपछि काठमाडौँ उपत्यकामा यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड र विभिन्न सम्पदा क्षेत्रमा सफाइ गरिँदै आएको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिर मुख्य नदी, सहर र सम्पदा स्थलमा पनि सफाइ अभियान सुरु भएको छ । बागमती सफाइ महाअभियानकै प्रेरणाले हाल देशभर १११ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट