Logo

Nov 28 2026 | २०८३, मंसिर १३गते

सेवाग्राहीसँग रकम असुल्दै गरेको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बित

सेवाग्राहीसँग रकम असुल्दै गरेको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बित

रुपन्देही : सेवाग्राहीसँग रकम लिँदै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले घटनामा संलग्न प्रहरी जवानलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाएको हो।निलम्बनमा पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहतको अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारु र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जमा कार्यरत प्रहरी जवान तोपबहादुर खड्का रहेका छन्।

ट्राफिक प्रहरीको पोशाकमै ड्युटीमा खटिएका उनीहरूले सेवाग्राहीसँग रकम लिइरहेको भिडियो मंसिर १० गते फेसबुकलगायत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।भिडियो सार्वजनिक भएपछि प्रहरी कार्यालयको ध्यानाकर्षण भएको र घटनाबारे छानबिन प्रक्रिया अघि बढाइएको जनाइएको छ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार दुवै प्रहरी जवानलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम मंसिर ११ गतेदेखि लागू हुने गरी निलम्बन गरिएको हो।निलम्बित दुवै प्रहरी जवानमाथि घटनाको वास्तविकता पत्ता लगाउन थप छानबिन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट