Logo

Nov 20 2026 | २०८३, मंसिर ५गते

चितवनमा भारतीय कन्टेनरबाट ४४३ किलो गाँजा बरामद, चालक र सहचालक पक्राउ

चितवनमा भारतीय कन्टेनरबाट ४४३ किलो गाँजा बरामद, चालक र सहचालक पक्राउ

चितवन : चितवनमा भारतीय कन्टेनरबाट ४४३ किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार राति करिब १ बजे राप्ती नगरपालिका–१ लोथरस्थित क्षेत्रमा इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको भारतीय कन्टेनर नम्बर NL 0107792 को चालक सिटको पछाडिपट्टि क्याबिनमा फल्स बटम (गोप्य तह) बनाई लुकाएर ल्याइएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले कन्टेनरसहित चालक भारतको बिहार राज्य, वैशाली जिल्ला, चरबाजे निवासी २४ वर्षीय सत्याम कुमार र सहचालक २० वर्षीय रोनक कुमारलाई नियन्त्रणमा लिएको छ।पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट