Logo

Nov 20 2026 | २०८३, मंसिर ५गते

टोखामा प्रहरी हवल्दारको मृत्यु, आफ्नै पेस्तोलबाट चल्यो गोली

टोखामा प्रहरी हवल्दारको मृत्यु, आफ्नै पेस्तोलबाट चल्यो गोली

काठमाडौँ : काठमाडौंको टोखामा कार्यरत एक प्रहरी हवल्दारको गोली लागेर मृत्यु भएको छ। बिहीबार राति आफ्नै कोठामा आफैँले बोकेको पेस्तोलबाट गोली लाग्दा प्रहरी हवल्दार डोलनाथ ढकालको ज्यान गएको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनामा गम्भीर घाइते भएका ढकाललाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

ढकाल उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) का रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट