धादिङ : धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।मंसिर ४ गते सेर्तुङबाट बोराङतर्फ जाँदै गरेको बोलेरो जिप उकालो सडकमा अनियन्त्रित भएर करिब ४०० मिटर तल खसेको थियो।
दुर्घटनामा नौ जना घाइते भएका थिए। नेपाल प्रहरी र स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको थियो। उनीहरूमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो।दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। अन्य घाइतेको अवस्थाबारे थप विवरण खुलाइएको छैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij