Logo

Nov 20 2026 | २०८३, मंसिर ५गते

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौं :  नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को उच्च स्रोतले अर्याललाई प्रहरीले नियन्त्रणमा लिइसकेको पुष्टि गरेको छ। यद्यपि, उनलाई ठ्याक्कै कहाँबाट र कुन समयमा पक्राउ गरिएको हो भन्नेबारे सीआईबीले हालसम्म औपचारिक रूपमा खुलाएको छैन।

मलेसिया श्रमिक प्रकरणमा करिब दुई अर्ब रुपैयाँ हिनामिना भएको आरोपमा अनुसन्धान अघि बढाउने क्रममा तत्कालीन मुख्यसचिव अर्यालको समेत संलग्नता देखिएको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सोही प्रकरणमा यसअघि नै दुई पूर्व श्रममन्त्रीसहित छ जना पक्राउ परिसकेका छन्।

प्रहरी स्रोतका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै अर्याल नेपालबाहिर पुगेका थिए। भारतको कोलकाता पुगेका उनलाई भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा पक्राउ गरी आजै नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको स्रोतको दाबी छ।

सीआईबीले उनलाई नियन्त्रणमा लिइसकेको जनाउँदै चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको बताएको छ, तर पक्राउ तथा स्थानान्तरणका विषयमा विस्तृत औपचारिक विवरण आउन भने बाँकी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट