माडी (चितवन) : चितवनको माडीस्थित बघौडा अस्पतालको ओपिडी तथा फार्मेसीलगायतको शुल्क कर्मचारीको व्यक्तिगत बैंक खातामा जम्मा भइरहेको पाइएको छ । अस्पतालको आम्दानी व्यक्तिगत खातामा जम्मा गरिएको भन्दै माडीका एक स्थानीयले उपचार अनुभव सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि अहिले चासो र चर्चा बनेको बनेको हो ।भाइटीकाको दिन बेलुका भतिजको निधारमा चोट लागेपछि उपचारका लागि अस्पताल पुगेका गीतकार तथा सामाजिक अभियन्ता शंकर पाण्डे ‘मुक्ति’ ले अस्पतालका कर्मचारीले व्यक्तिगत खातामा पैसा लिएको सामाजिक सञ्जालमा लेख्नु भएको थियो । उहाँले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अस्पतालको संस्थागत खाताको सट्टा फरक–फरक व्यक्तिको नाममा रहेको बैंकको क्यूआर कोड दिएर कर्मचारीले ‘अस्पतालको खाता छैन’ भनेको उल्लेख गर्नुभएको छ ।
आकस्मिक कक्षको टिकट काट्ने क्रममा कृषि विकास बैंकको क्यूआर दिइएको तर स्क्यान गर्दा व्यक्तिगत खाताको रहेको पाइएपछि अस्पतालको खाता मागेको, तर, छैन भनेको उहाँको भनाई छ ।१५ शय्याको यो अस्पतालमा दैनिक ३ सयभन्दा बढी बिरामी आउँछन् । यहाँ ७ जना चिकित्सक कार्यरत छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राज पन्तले अस्पतालमा क्यूआरबाट भुक्तानी गर्ने बिरामी निकै कम हुने भएकाले बैँकको क्यूआर बनाउन ध्यान नपुगेको बताउनुभयो ।
कर्मचारीको खातामा रकम गए पनि अस्पतालको आधिकारिक बिल सेवाग्राहीलाई दिने गरेको उहाँको भनाइ छ । “अस्पतालमा निकै कम मात्रै बिरामी क्यूआबारबाट भुक्तानी गर्ने भएकाले हामीले अस्पतालको नै क्यूआर बनाउनेमा ध्यान दिन नसकेकै हौँ । हामीले सेवाग्राहीलाई दिएको बील दुईवटा हुन्छ । एक प्रति सेवा ग्राही र अर्को एक प्रति अस्पतालमा रहन्छ । त्यहि रेकर्ड हेररेर हरेक १५ दिनमा अस्पताल फार्मेसी र ओपिडी टिकटको रकम अस्पतालको खातामा सार्ने गरिएको छ ।” कर्मचारी आफैँले नै रकम राख्ने नियतले खातामा रकम भने नमागरिएको डा पन्त बताउनुहुन्छ ।व्यक्तिगत खातामा अस्पतालको आम्दानी जम्मा गर्ने अभ्यासले अस्पतालको आर्थिक पारदर्शिता र संस्थागत वित्तीय व्यवस्थापनमाथि भने प्रश्न उठाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij