Logo

Nov 15 2026 | २०८३, कार्तिक ३०गते

अमेरिकाभरको हवाई उडान प्रतिबन्ध फुकुवा, सेवा पूर्ववत् हुन अझै समय लाग्ने

अमेरिकाभरको हवाई उडान प्रतिबन्ध फुकुवा, सेवा पूर्ववत् हुन अझै समय लाग्ने

एजेन्सी : प्राविधिक गडबडीका कारण अमेरिकाभर लगाइएको राष्ट्रव्यापी हवाई उडान प्रतिबन्ध (ग्राउन्ड स्टप) फुकुवा गरिएको छ । अमेरिकी यातायातमन्त्री शन डफीले प्राविधिक समस्या समाधान भएसँगै देशभरका उडान पुनः सञ्चालन गर्न अनुमति दिइएको जानकारी दिएका हुन् ।

उडान प्रतिबन्धका कारण हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका थिए । सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछिको सबैभन्दा ठूलो हवाई उडान अवरोधका रूपमा हेरिएको यस घटनाले अमेरिकी हवाई यातायात प्रणाली प्रभावित भएको छ।

मन्त्री डफीका अनुसार उडान पुनः सञ्चालन भए पनि रोकिएका उडानको चाप र अस्तव्यस्त तालिका सामान्य अवस्थामा फर्किन अझै केही समय लाग्नेछ। संघीय उड्डयन प्रशासन (एफएए) को आग्रहमा युरोपबाट अमेरिकातर्फ आउने उडानसमेत स्थगित गरिएका थिए।

ह्वाइट हाउसका अधिकारीहरूका अनुसार एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा आएको समस्याका कारण उडान रोक्नुपरेको हो।

यसैबीच, होमल्यान्ड सेक्युरिटीमन्त्री मार्कवेन मुलिनले उक्त घटना अमेरिकाविरुद्धको साइबर आक्रमण भएको कुनै प्रमाण फेला नपरेको स्पष्ट पारेका छन्।

उडान प्रतिबन्ध हटेसँगै डेल्टा एयरलाइन्सलगायत प्रमुख अमेरिकी वायुसेवा कम्पनीहरूले सामाजिक सञ्जालमार्फत उडान सुरक्षित रूपमा पुनः सञ्चालन गरिएको जनाएका छन्। यद्यपि, रोकिएका उडानको चाप व्यवस्थापन गर्न विमानस्थलका कर्मचारीहरूलाई चुनौती भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट