Logo

Nov 12 2026 | २०८३, कार्तिक २७गते

बनेपामा दुई बस आपसमा ठोक्किँदा २५ जना घाइते (विवरणसहित)

बनेपामा दुई बस आपसमा ठोक्किँदा २५ जना घाइते (विवरणसहित)

काठमाडौँ : काभ्रेपलाञ्चोकको बनेपामा दुई बस एकापसमा ठोक्किँदा २५ जना घाइते भएका छन्।बुधबार बिहान करिब ११ः४० बजे धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा घाइते भएका २५ जनामध्ये २१ जनालाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

शीर मेमोरियल अस्पतालमा उपचाररत २१ जनामध्ये केहीको अवस्था मध्यम रहेको छ भने अधिकांशको अवस्था सामान्य छ। मध्यम अवस्थाका घाइतेमा मनिष पहरी, उर्मिला महत, देवकी निरौला, कल्पना खत्री, अभिनाश खड्का र असिम पन्त रहेका छन्।त्यस्तै, धुलिखेल अस्पतालमा उपचाररत चारै जनाको अवस्था सामान्य रहेको छ। उनीहरूमा सबिना खड्का, सानिया खड्गी, रोहन आचार्य र सुनिता थपौलिया छन्।घाइतेहरू काभ्रे, सिन्धुपाल्चोक, खोटाङ, सिन्धुली, दोलखा र काठमाडौँका बासिन्दा रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये बालबालिका तथा किशोरकिशोरीसमेत छन्।दुर्घटनापछि प्रहरीले दुवै बस र तिनका चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट