Logo

Nov 12 2026 | २०८३, कार्तिक २७गते

भीमफेदी दुर्घटनाका पीडित परिवारको अभिभावकत्व लिन सरकारसँग रास्वपाको माग

भीमफेदी दुर्घटनाका पीडित परिवारको अभिभावकत्व लिन सरकारसँग रास्वपाको माग

स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाका पीडित परिवारको अभिभावकत्व लिन सरकारसँग माग गरेको छ ।बिहीबार बिहान भएको दुर्घटनामा १० जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै रास्वपाले घाइतेको प्रभावकारी तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो।रास्वपाका प्रवक्ता जगदीश खरेलले बिहीबार विज्ञप्ति जारी गर्दै दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका धेरै परिवारलाई एकैपटक शोकमा डुबाएको बताएका छन् ।काठमाडौंमा व्यवसाय तथा रोजगारीमा संलग्न परिवारका सदस्यहरू एउटै गाडी रिजर्भ गरेर छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटना भएको उल्लेख गर्दै उनले एउटै टोलका पाँच परिवारसम्मका सदस्य गुमाउनुपरेको घटनाले गाउँ र समुदायमा अपूरणीय क्षति पुगेको बताएका छन् ।

रास्वपाले मृतकको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न र शोकाकुल परिवारलाई तत्काल राहत तथा मानवीय सहयोग उपलब्ध गराउन पनि सरकार र सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।‘यस दुःखद घटनाको सन्दर्भमा पार्टी दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न र शोकसन्तप्त परिवारलाई तत्काल राहत तथा आवश्यक मानवीय सहयोग उपलब्ध गराउन सरकार तथा सम्बन्धित सबै पक्षसँग हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएकाे छ ।

सवारी दुर्घटना एउटा परिवारको निजी पीडा मात्र नभई राज्यको यातायात सुरक्षा प्रणाली र सार्वजनिक जवाफदेहितासँग जोडिएको गम्भीर विषय भएको खरेलले बताएका छन् । ‘सडक दुर्घटना केवल एउटा परिवारको निजी पीडा मात्रै होइन, यो राज्यको यातायात सुरक्षा प्रणाली र सार्वजनिक जवाफदेहितासँग पनि जोडिएको गम्भीर विषय हो’, उनले भनेका छन् ।आगामी दिनमा यस्ता दुर्घटनाको जोखिम न्यूनीकरण गर्न प्रभावकारी र दीर्घकालीन कदम चाल्नुपर्ने उल्लेख गर्दै उनले दुःखद् घडीमा रास्वपा पीडित परिवार तथा सिंगो सुन्दरपुरवासीको साथमा रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट