Logo

Nov 12 2026 | २०८३, कार्तिक २७गते

मकवानपुर दुर्घटनाका मृतकप्रति प्रचण्डको श्रद्धाञ्जली, पीडितलाई राहत दिन आग्रह

मकवानपुर दुर्घटनाका मृतकप्रति प्रचण्डको श्रद्धाञ्जली, पीडितलाई राहत दिन आग्रह

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको  सवारी दुर्घटनामा परी १० जना यात्रुको ज्यान गएको खबरले आफूलाई स्तब्ध र मर्माहत बनाएको  प्रचण्डले बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले दुर्घटनामा परी अकालमै ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले  शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । 

साथै, उनले दुर्घटनामा परी घाइते भएका यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घाइतेहरूको प्रभावकारी एवं निःशुल्क उपचारको प्रबन्ध मिलाउन तथा पीडित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन सरकारसँग प्रचण्डले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट