काठमाडौैँ : पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ ।
उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij