Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

चितवनद्धारा पोखरासामु पायो १५२ को लक्ष्य प्रस्तुत

चितवनद्धारा पोखरासामु पायो १५२ को लक्ष्य प्रस्तुत


काठमाडौं : कप्तान सिकन्दर राजाले आक्रामक ब्याटिङ गरेपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनअन्तर्गत शुक्रबार पोखरा एभेन्जर्ससामु १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनायो । पाँचौं विकेटका लागि राजा र रवि बोपाराले ६० रनको साझेदारी गर्दै चितवनको इनिङ्स सम्हालेका थिए ।

राजाले १६ बलमा ३७ रन जोड्ने क्रममा दुई चौका र चार छक्का प्रहार गरे । बोपाराले २८ बलमा ३५ रन बनाए । उनको इनिङ्समा तीन चौका र दुई छक्का सामेल थियो ।

चितवनले सुरुवातमा अर्जुन साउद र डाविड मालनको साझेदारीबाट राम्रो आधार बनाएको थियो । पहिलो विकेटका लागि यी दुईले ६० रन जोडे । अर्जुनले २७ बलमा ३१ तथा मालनले २८ बलमा २८ रन बनाए । तर, उनीहरू आउट भएपछि चितवनको रनगति केही सुस्ताएको थियो ।

डान मोस्ली दुई र कुशल मल्ल ११ रनमा आउट भए । त्यसपछि राजा र बोपाराले आक्रामक ब्याटिङ गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए ।

लिगमा दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । तीन खेलबाट तीन अंक जोडेको चितवन जितसहित आफ्नो स्थिति बलियो बनाउन चाहन्छ भने लगातार तीन खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट