काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आर्थिक अनियमितताको प्रमाण भए पक्राउ गरेर देखाउन प्रहरीलाई चुनौती दिएका छन्। बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूसँग जोडिएका कुनै गैरकानूनी काम वा अपराधको प्रमाण भए निष्पक्ष रूपमा छानविन गरी सार्वजनिक गर्न चुनौती दिए।
‘मेरो चुनौती सीआईबीलाई पनि छ,यदि मसँग जोडिएका विषयमा कुनै गैरकानूनी काम, आर्थिक अनियमितता वा अपराधको प्रमाण छ भने निष्पक्ष रूपमा छानबिन गरेर सार्वजनिक गरियोस्। म छानबिनबाट भाग्ने होइन, कानूनी प्रक्रियाको सामना गर्न तयार छु’, उनले भने।
उनले आरोप र दबाबको राजनीति बन्द गर्न चेतावनी दिए। उनले अनुसन्धानका नाममा नधम्क्उाउन चेतावी दिए। ‘अनुसन्धानका नाममा व्यक्तिहरूलाई धम्क्याउने, निजी नम्बरबाट फोन गरेर बोलाउने वा दबाब दिने काम भएको हो भने त्यसको पनि छानबिन हुनुपर्छ । प्रहरी अनुसन्धान निष्पक्ष, पारदर्शी र कानूनसम्मत हुनुपर्छ।’
सुनारले प्रहरी संगठनभित्रबाटै गैरकानूनी काम भएको प्रमाण भेटिए त्यसमा पनि निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने अडान राखे। उनले राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त राख्नु सबैको जिम्मेवारी भएको धारणा राखे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij