Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कैलालीको पहलमानपुरमा असिनापानीसहितको हावाहुरी, धानबाली प्रभावित

कैलालीको पहलमानपुरमा असिनापानीसहितको हावाहुरी, धानबाली प्रभावित

कैलाली : घोडाघोडी नगरपालिका–१० पहलमानपुर क्षेत्रमा आएको तीव्र हावाहुरी र असिनापानीले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। बुधबार अचानक आएको हावाहुरी र असिनासहितको वर्षाले जनजीवनसँगै कृषि क्षेत्रमा समेत असर गरेको हो।हावाहुरीका कारण केही स्थानमा रूख ढलेका छन्। रूख ढल्दा विद्युत्का पोल तथा तारमा क्षति पुग्नुका साथै सडकमा समेत अवरोध सिर्जना भएको स्थानीयले बताएका छन्।असिनापानी र हावाहुरीले काट्ने तयारीमा रहेको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित बनेका छन्। पाक्न लागेको धान ढलेपछि उत्पादनमा असर पर्ने भन्दै किसानहरू चिन्तित भएका हुन्।

 

अचानक आएको हावाहुरी र असिनापानीबाट भएको क्षतिको यकिन विवरण भने संकलन भइरहेको छ। प्रभावित क्षेत्रमा विद्युत् तथा सडक अवरोध हटाउने कामसमेत भइरहेको बताइएको छ। स्थानीय प्रशासनले मौसममा थप प्रतिकूलता आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट