Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

दशैँमा देशैभर लिङ्गे पिङ हाल्दै सरकार

दशैँमा देशैभर लिङ्गे पिङ हाल्दै सरकार

काठमाडौं : दशैँका अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ।

नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्धन गर्दै सांस्कृतिक पर्यटनलाई
थप प्रवर्धन गर्ने उद्देश्यले दशैँमा लिङ्गे पिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अघि बढाएको हो।

बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्न लागेको हो । 

बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार सङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटेल सङ्घ नेपाल, होटेल व्यवसायी महासङ्घ तथा विभिन्न प्रदेशका होटेल तथा पर्यटन व्यवसायी सङ्घ संस्थासहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरेको जनाइएको छ।

सम्झौता अनुसार विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गरी दशैँको अवधिभर सञ्चालन गरिने छ। विशेष गरी पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा पिङ जोड्ने व्यवस्था गरिएको हो।

नेपाल पर्यटन बोर्ड र सम्बन्धित स्थानीय तह तथा संस्थाबिच भएको सम्झौतामा पिङ निर्माण तथा सञ्चालन गर्दा आवश्यक सुरक्षा व्यवस्था,भिड व्यवस्थापन र दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने उल्लेख छ।

दशैँको कार्यक्रम सकिएपछि पिङ हटाई निर्माण स्थललाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारीसमेत सम्बन्धित पक्षको हुने सम्झौतामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट