Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

नेपाली कांग्रेसको १५औँ महाधिवेशन : आज निर्वाचन प्रक्रिया सुरु हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशन : आज निर्वाचन प्रक्रिया सुरु हुँदै

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र चल्नेछ। सोमबारबाट सुरु भएको बन्दसत्रमा चारवटा प्रतिवेदन पेस भएका छन्।

बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन पेस गरेका छन्। महामन्त्री गुरुराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

उक्त प्रतिवेदनमाथि दोस्रो दिनको बन्दसत्रमा पनि छलफल  हुनेछ। छलफल खुलामञ्चको तीनवटा हलमा भइरहेको छ। यस्तै कांग्रेसको विभिन्न पदका लागि आजदेखि निर्वाचन कार्यक्रम सुरु हुनेछ।  अहिलेसम्म ७ हजार भन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरिसकेको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। 

निर्वाचन तालिका  अनुसार आज बिहान १० बजेदेखि उम्मेदवारी फारम वितरण गरिने। दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने छ।र्वाचन प्रक्रियासँगै समानान्तर रूपमा दिनभरि बन्दसत्र पनि चल्ने कांग्रेसले जनाएको छ।  

दिनभरि बन्द सत्र र प्रचारप्रसार समानान्तर रुपमा हुने जनाइएको छ।  २२ गते खुल्ला मञ्च, प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृहमा मतदान हुने कांग्रेसले जनाएको छ। त्यसपछि सानेपा केन्द्रीय कार्यालयमा लगेर मतगणना गरिने छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट