Logo

Oct 06 2026 | २०८३, आश्विन २०गते

कांग्रेसको केन्द्रीय समिति १६७ बाट बढाएर २९७ सदस्यीय बनाइयो

कांग्रेसको केन्द्रीय समिति १६७ बाट बढाएर २९७ सदस्यीय बनाइयो

काठमाडौँ :  नेपाली कांग्रेसले केन्द्रीय समितिको आकार बढाएको छ । १५ औँ महाधिवेशनको बन्दसत्रले केन्द्रीय समितिको आकार बढाउने महामन्त्री प्रदीप पौडेलको प्रस्ताव पारित गरेको हो  ।

महाधिवेशन प्रतिनिधि नै ७७ सय पुगेकाले समितिको आकार बढेको बताए  । यसअघि कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय थियो । अहिले बढाएर २९७ जना रहने बनाइएको महामन्त्री पौडेलले बताए ।

विधान संशोधन गर्दै १ सभापति, १ वरिष्ठ उपसभापति, चार उपसभापति, एक महिला तीन महामन्त्री र ११ निर्वाचित सहमहामन्त्री हुने बताए। उनका अनुसार ४ सहमहामन्त्री सभापतिले मनोनीत गर्नेछन् ।


२९७ जना केन्द्रीय सदस्यमध्ये ६६ जना सभापतिले मनोनीत गर्ने उनले बताए । उनका अनुसार प्रतिनिधि संसदीय दलका नेता र प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुनेछन् ।

केन्द्रीय कार्यसम्पादन समिति पनि ३१ बाट बढाएर ४१ पुर्‍याइएको बताए । यस्तै, कोषाध्यक्ष र प्रवक्ता सभापतिले पदाधिकारीको हैसियतमा मनोनीत गर्ने व्यवस्था गरेको प्रवक्ता देवराज चालिसेले बताए । उनका अनुसार आवश्यकता अनुसार सहप्रवक्ता पनि सभापतिले मनोनीत गर्नसक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट