काठमाडौँ : जुम्लाको स्याउ बाँडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार आजको बैठकमा विशेष गरी संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी र आन्तरिक मनोनयनका विषयमा विस्तृत छलफल हुनेछ । पार्टीको आगामी रणनीति तय गर्न र सांगठनिक संरचनालाई थप सुदृढ बनाउन यो बैठक महत्त्वपूर्ण मानिएको छ ।बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन तथा विभिन्न विभागीय प्रमुख र उपप्रमुख मनोनयनका सम्बन्धमा आवश्यक निर्णय लिनेछ । त्यसैगरी केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा सञ्चालन गरिने ‘हामी आउँदै छौँ’ अभियानबारे पनि बैठकमा छलफल हुनेछ ।मधेस प्रदेश संगठनको अडिट रिपोर्ट प्रस्तुत गरी सो विषयमा पनि आवश्यक समीक्षा र निर्णय गरिने प्रवक्ता खरेलले जानकारी दिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij