Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन उद्योग वाणिज्य संघ र मेदान्त डेन्टल जोन प्रा. लि. बिच दन्त स्वास्थ्य सेवा सहुलियत सम्बन्धी सम्झौता

चितवन उद्योग वाणिज्य संघ र मेदान्त डेन्टल जोन प्रा. लि. बिच दन्त स्वास्थ्य सेवा सहुलियत सम्बन्धी सम्झौता

भरतपुर : चितवन उद्योग वाणिज्य संघको सचिवालयमा आज भरतपुर–१०, चौबिसकोठीमा रहेको  मेदान्त डेन्टल जोन प्रा. लि. सँग व्यावसायिक सामाजिक उत्तरदायित्व र सदस्य लक्षित कल्याणकारी कार्यक्रम अन्तर्गत दन्त स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत प्रदान गर्नेसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार चितवन उद्योग वाणिज्य संघमा आबद्ध सदस्य एवम् कर्मचारीहरू तथा उनीहरूका परिवारका सदस्यहरूलाई समेत मेदान्त डेन्टल जोनले दन्त उपचार सेवामा छुट सेवा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको छ ।

चितवन उद्योग वाणिज्य संघको सदस्य एवम् कर्मचारीका परिवारका सदस्यहरुलाई मेदान्त डेन्टल जोन प्रा। लि। ले आफ्नो क्लिनिक/अस्पतालमा उपलब्ध गराउने सम्पूर्ण प्रकारका साना तथा ठुला दन्त उपचार सेवाहरूमा २०  देखि २५ प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

छुट सेवा लिनका लागि चितवन उद्योेग वाणिज्य संघका सदस्य एवम् कर्मचारीले मेदान्त डेन्टल जोन प्रा। लि। मा उपचारका लागि दर्ता वा बिलिङ गराउने समयमा चितवन उद्योग वाणिज्य संघबाट जारी गरिएको आधिकारिक परिचय पत्र पेश गर्नुपर्ने संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनभयो ।

उक्त समझदारी पत्रमा चितवन उद्योग वाणिज्य संघको तर्फबाट कार्यकारी निर्देशक निलबहादुर के।सी तथा कार्यसमिति सदस्य एवम् स्वास्थ्य समिति संयोजक प्रविन आचार्यले हस्ताक्षर गर्नुभएको थियो भने मेदान्त डेन्टल जोन प्रा। लि। को तर्फबाट प्रबन्ध निर्देशक आरती आचार्य र म्यानेजर गङ्गा राम गौतमले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता हस्ताक्षर गर्ने कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, कार्यकारी निर्देशक निलबहादुर के।सी, कार्यसमिति सदस्य एवम् स्वास्थ्य समिति संयोजक प्रविन आचार्य र मेदान्त डेन्टल जोन बाट प्रबन्ध निर्देशक आरती आचार्य, म्यानेजर गङ्गा राम गौतमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट