Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

चितवन माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्वप्रकाश बास्तोलाको निधन

चितवन माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्वप्रकाश बास्तोलाको निधन

भरतपुर : चितवन माध्यमिक विद्यालय भरतपुर–१० का प्रधानाध्यापक विश्वप्रकाश बास्तोलाको निधन भएको छ।

उपचारका क्रममा मंगलबार राति उनको निधन भएको परिवार स्रोतले जनाएको छ। केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचाररत रहेका बास्तोलाको उपचारकै क्रममा निधन भएको हो।

बास्तोला चितवन माध्यमिक विद्यालयका प्रधानाध्यापकका रूपमा कार्यरत रहँदै शिक्षा क्षेत्रको विकास र विद्यालयको शैक्षिक उन्नयनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। उनको निधनले विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा समग्र शिक्षा क्षेत्रमा दुःखको वातावरण सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट