Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बागमती टी–२० कप : भक्तपुरसँग ७ विकेटले नुवाकोट पराजित

बागमती टी–२० कप : भक्तपुरसँग ७ विकेटले नुवाकोट पराजित

मकवानपुर : बागमती कप टी–२० अन्तर्गत चौथो खेलमा भक्तपुरले नुवाकोटलाई ७ विकेटले पराजित गर्दै उत्कृष्ट जित दर्ता गरेको छ । पहिले ब्याटिङ गरेको नुवाकोटले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। 

नुवाकोटका लागि राजेश रिमालले ४४ बलमा ७१ रनको उत्कृष्ट पारी खेले। योगेश बडर भट्ट क्षेत्रीले २४ रन तथा रोशन बीकेले १७ रनको योगदान दिए। भक्तपुरका बलरहरूमा शिवम तिवारी र अविनाश बस्यालले समान २–२ विकेट लिए भने सक्रिया प्रताप कार्की र क्रिश कार्कीले १–१ विकेट हात पारे ।

१६४ रनको लक्ष्य पछ्याएको भक्तपुरले १९ ओभरमै ३ विकेट गुमाएर १६४ रन बनाउँदै सहज जित हासिल गर्‍यो। भक्तपुरको जितमा क्रिश कार्कीले ५७ बलमा अविजित ८१ रनको शानदार पारी खेले।

शौरव साखाकर्मले २८ बलमा ३९ रन जोड्दा रिङजिन लामाले १६ रन तथा शिवम तिवारीले १६ रन बनाए। नुवाकोटका लागि विधान खतिवडा, गणेश गौतम र अशोक पौडेलले समान १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट