Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

क्रिकेट टोलीको बिदाइ

क्रिकेट टोलीको बिदाइ

काठमाडौँ : एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरेको हो। सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदै छ।

छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र चीन छन्। समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन्। यसअघि समूह ‘ए’ मा रहेको कतारले भने प्रतियोगितामा सहभागी नजनाउने निर्णय गरिसकेको छ। बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टिमको माहोल निकै राम्रो रहेकाले सिंगापुरमा राम्रो नतिजा आउने बताए।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोली उत्साही रहेकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गरे। प्रतियोगिताको सेमिफाइनल पुग्ने टोली एसियन गेम्सको पुरुष क्रिकेटका लागि छनोट हुनेछन्। एसियन गेम्समा क्रिकेट प्रतियोगिता भने १७ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म जापानको आइची-नागोयामा हुनेछ। भारत‚ बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र आयोजक जापानले सिधै एसियन गेम्समा स्थान बनाइसकेका छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट