काठमाडौँ : नेपाल आइडल विजेता सज्जा चौलागाईँले फिल्म ‘पारस’का लागि पहिलो गीत गाएकी छिन् । उनले मंगलबार अनामनगरस्थित ड्रिम्स स्टुडियो’मा फिल्मका लागि गीत गाएकी हुन् । गीतमा सङ्गीतकार तथा गायक कोसिस क्षेत्रीको शब्द र संगीत रहेको छ। गीतको बोल भने अहिले गोप्य राखिएको छ ।
केपी फिल्मको ब्यानरमा निर्माण हुन लागेको फिल्म कृषा चौलागाईले निर्देशन गर्दैछिन् । एक्सन तथा सामाजिक कथावस्तुमा आधारित रहने फिल्ममा निखिल उप्रेती, जसिता गुरुङ, सुशील श्रेष्ठ, प्रियंका कार्की र निरुता सिंह लगायतको मुख्य भूमिकामा रहने छ।
फिल्मको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन् भने यसको छायाङ्कनको जिम्मेवारी पुरुषोत्तम प्रधानले लिएका छन् । निर्माण टिमले हालसम्म अन्य प्राविधिक तथा बाँकी कलाकारहरूको नाम गोप्य नै राखेको छ । गीत रेकर्डिङको काम अगाडि बढेसँगै निर्माण पक्षले फिल्म छिट्टै छायाङ्कनमा लैजाने बताएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij