Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मधेस प्रदेश : संसदीय दलको नेता चयन गर्न जसपा नेपालको बैठक बस्दै

मधेस प्रदेश : संसदीय दलको नेता चयन गर्न जसपा नेपालको बैठक बस्दै

काठमाडौँ : मधेस प्रदेशमा आज जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक बस्न लागेको छ । लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालबिच एकीकरण भएपछि पहिलो पटक जनकपुरमा संयुक्त बैठक बस्न लागेको छ । जसपा नेपालको संसदीय दलको कार्यालयमा बैठक दिउँसो १ बजे बस्न लागेको जसपा नेपालका नेता जितेन्द्र सोनलले बताए । जसपा नेपाल स्रोतका अनुसार आजको बैठकमा जसपा नेपाल मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्नेदेखि लिएर मधेस प्रदेशको सरकारको विषयमा कुराकानी हुनेछ  

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जेठ ८ गते विश्वासको मत लिने भएपछि त्यसअघि जसपा नेपालको संयुक्त बैठक बसेर संसदीय दलको नेता चयन गरेर वर्तमान सरकारको बारेमा निर्णय गर्नुपर्ने हुन्छ । जसपा नेपालको हालको संसदीय दलको नेता सरोज यादव (बारा) रहेका छन् भने लोसपा नेपालका संसदीय दलका नेता जैनुल राइन रहेका छन् । 

एकीकृत पार्टी जसपा नेपालको संसदीय दलको नेता चयन गरेर मधेस प्रदेश सरकारको दावी गर्ने बताइएको छ । हालसम्मको निर्णय अनुसार वर्तमान गठबन्धनका सरकारलाई नै सहयोग गर्ने रहेको छ । तर पार्टी एकीकृत भएर संसदीय दलको नेता चयन गरिसकेपछि मधेस प्रदेशमा जसपा नेपालले पनि सरकारको दावी गर्ने बताइएको छ । 

'तर यी सब कुरा संसदीय दलको नेता को हुने विषयमा भर्छ', जसपा नेपालका एक प्रदेश सांसदले भने, ‘जसपा नेपाल र लोसपा नेपाल दुवै संसदीय दलको नेता दावी गरेका छन् । सर्वसम्मती भयो भने ठिकै छ नत्र केन्द्रलाई जिम्मेवारी दिएर टुगों लगाउछ केन्द्रले टुगों लगाउन नसकिएमा चुनावबाट नेता चयन गर्ने अवस्था पनि आउनसक्छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट