Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दाउन्नेको सास्ती अब अन्त्य हुँदै: नारायणघाट–बुटवल सडकखण्डको काम ९१ प्रतिशत सम्पन्न

दाउन्नेको सास्ती अब अन्त्य हुँदै: नारायणघाट–बुटवल सडकखण्डको काम ९१ प्रतिशत सम्पन्न

काठमाडौं : लामो समयदेखि अलपत्र परेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड विस्तारको काम अन्ततः अन्तिम चरणमा पुगेको छ। आयोजनाको हालसम्मको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ।

लामो समयको पर्खाइपछि पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तार कार्य अन्तिम चरणमा पुगेको छ। सडक विभागका अनुसार जेठ १५ भित्र मुख्य कामहरू सकिनेछन् र यस पटकको वर्षामा दाउन्नेमा पहिलेजस्तो जाम र सास्ती खेप्नु पर्ने छैन। पूर्वाधार मन्त्री सुनिल लम्सालसहितको टोलीले हिजो सडक र नागढुंगा सुरुङमार्गको स्थलगत अनुगमन समेत गरेको छ।

सडकखण्डको निर्माणमा ढिलाइ हुँदा वर्षौँदेखि यात्रुहरूले सास्ती खेप्दै आएका थिए। तर, अब आउँदो वर्षायाममा दाउन्ने क्षेत्रमा विगतको जस्तो यातायात अवरुद्ध हुने समस्या नहुने विभागले जनाएको छ। दाउन्नेमा हाल एकतर्फी दुई लेनको रिपेभमेन्ट (सडक मर्मत तथा कालोपत्रे) सम्पन्न भइसकेको छ भने तेस्रो लेन निर्माणको कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको नेतृत्वमा रहेको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार नागढुंगा–नौबिसे, नागढुंगा सुरुङमार्ग र नारायणघाट सडकखण्डको संयुक्त स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा निर्माण व्यवसायीहरूले हाल बिटुमिन (अलकत्रा) को अभाव रहेको गुनासो गर्दै आयात सहज गरिदिन सरकारसँग माग गरेका छन्। सरकारले व्यवसायीका समस्या सम्बोधन गर्दै तोकिएकै समयमा काम सक्न निर्देशन दिएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट