Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

लालीबजार फिल्म प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट हाल्ने वादी नै पक्राउ

लालीबजार फिल्म प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट हाल्ने वादी नै पक्राउ

काठमाडौं : सर्वोच्च अदालतमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा. रोशनी वादी पक्राउ परेकी छन् ।

केहीदिन अघि रोशनीले फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न माग गर्दै  सर्वोच्चमा रिट दायर गरेकी थिइन् । फिल्म ‘लालीबजार’ को मुद्दामा न्यायाधीशद्धय विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासमा सुनुवाई भइरहँदा हुलहुज्जत गरेको भन्दै प्रहरीले वादीलाई नियन्त्रणमा लिएको हो। अहिले उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यसअघि उच्च अदालत पाटनले चलचित्र प्रर्दशमा रोक लगाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। तर दोहोरो छलफलपछि अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै चलचित्र प्रदर्शन भइरहेको छ। उच्च अदालतले अन्तरिम आदेश नदिएपछि उच्चको आदेशविरुद्ध नै रोशनीले सर्वोच्चमा निवेदन दिएकी थिइन्। यो चलचित्रले वादी समुदायका महिलाहरुलाई बदनाम गरेको भन्दै प्रदर्शन रोक्नुपर्ने माग रोशनीको छ । केही दिनअघि रास्वपा सभापति रवि लामिछानेको गाडी अगाडि लम्पसार पर्दै वादीले फिल्म प्रदर्शन रोक्न आग्रह समेत गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट