Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व संकलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व संकलन

काठमाडौँ : बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्।

यसबाट राज्यकोषमा रु. २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ४९, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक संकेत उल्लंघनकर्ता १७० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११२ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३२५, निषेधित क्षेत्रमा हर्न बजाउने ६४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२१, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लंघनकर्ता ६२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२८ जनालाई कारबाही गरिएको हो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट