Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटाउने प्रयासको देउवा समूहले गर्‍याे विरोध

सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटाउने प्रयासको देउवा समूहले गर्‍याे विरोध

काठमाडौँ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउने प्रयास भएको भन्दै त्यसले पार्टीलाई राम्रो नगर्ने बताएको छ ।

मङ्गलवार समूहको महाराजगञ्जस्थित स्मार्ट होटलमा भइरहेको भेलामा नेताहरूले संस्थापनले एकलौटी गर्न खोजेको बताएका छन् । भेलापछि बाहिरिने क्रममा नेता मीन विश्वकर्माले सिटौलाको नाम नलिइकनै पार्टीभित्रको आन्तरिक मामिलामा नरुमल्लिकन राष्ट्रिय राजनीति र लोकतन्त्रको जगेर्ना गर्नतिर लाग्नुपर्ने बताए । 

‘राष्ट्रिय सभामा अहिले भएका हाम्रो पार्टीका सबैभन्दा सिनियर र अनुभवी नेता दलको नेता हुनुहुन्छ । राष्ट्रिय सभाको दलको नेतालाई प्रधानमन्त्री बनाउने त होइन होला, त्यो भन्दा ठुलो उपलब्धि केही हुने पनि होइन होला । उहाँ त्यहाँ भएर पार्टीलाई कुनै काम गर्न अप्ठ्यारो पनि भएको छैन,’ विश्वकर्माले सञ्चारकर्मीहरूसँग भने, ‘अहिले अरू छोडेर पार्टी निर्माणका कुराहरू, लोकतन्त्र जगेर्नाका कुराहरू, अहिलेको सहज बहुमतको सरकारले गर्ने काममा प्रमुख प्रतिपक्षी दलको रूपमा खबरदारी गर्ने विषय छोडेर आन्तरिक विषयमा रुमल्लिन थालियो भने त्यसले पार्टीका लागि पनि राम्रो गर्दैन, लोकतन्त्रका लागि पनि राम्रो गर्दैन ।’ 

भेलामा बोल्ने नेताहरूले सहमति र सहकार्यबाट अगाडि बढ्न नेतृत्वलाई सुझाए थिए । पार्टी निर्माणको पक्षमा लाग्नु पर्ने बेलामा आन्तरिक विषयमा नलाग्न पनि नेताहरूले पार्टी नेतृत्वलाई सुझाएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट