Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कानुनमन्त्री गौतम र स्वीट्जरल्यान्डका राजदूतबीच भेटवार्ता

कानुनमन्त्री गौतम र स्वीट्जरल्यान्डका राजदूतबीच भेटवार्ता

काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत ड्यानियल म्युलीबीच शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा राजदूत म्युलीले नवनियुक्त कानुनमन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेको सचिवालयले जनाएको छ।

भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्वीट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा विचार आदानप्रदान भएको जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट