Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना

उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पतालमा भर्ना भएका छन् । 

अस्वस्थ भएपछि उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलका अनुसार उपराष्ट्रपति यादवमा उच्चरक्तचाप र पेटमा ग्यास भरिएको छ। 

अहिले उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य रहेको गजुरेलले जानकारी दिए । उपराष्ट्रपति यादवको उपचारमा डा.गजुरेल नेतृत्वको टिम र पेटरोग विशेषज्ञ  संलग्न छन् । यादवलाई अस्पतालको भीआईपी क्याबिन नम्बर ७०१ मा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट